सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु

विहीबार, १७ साउन २०८१, १७ : १८

काठमाडौँ - सिन्धुलीको लाम्पान्टार गाउँपालिका ११ लुभुको स्थानीय हाँडी खोलाले बगाउँदा चार वर्षीय बालक मन्जिल तामाङको मृत्यु भएको छ ।

घर नजिकै खोलामा खेलिरहेका बालक तामाङलाई बगाएर दोभानमा पुर्‍याएपछि स्थानीयले देखेर खबर गरेका थिए । बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

विहीबार, १७ साउन २०८१, १७ : १८

प्रतिक्रिया