काठमाडौँ - १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १५ का २० वर्षीय सञ्जय राजवंशी छन्। उनलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ। राजवंशीले ती बालिकालाई मङ्गलवार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया