काठमाडौं- सिराहाबाट प्रहरीले पेस्तोल सहित दुईजना भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ।
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका का प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको बसमा जाँच गर्दा उनीहरु पक्राउ परेका हुन्।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह छन्। रासस
प्रतिक्रिया