गएराति कौशलटारमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग

शुक्रबार, १८ साउन २०८१, ०९ : ११

काठमाडौँ- गएराति भक्तपुरकोकौशलटारमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

हिजो राति १०ः२० बजे कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको ४  तले पक्की घरको भुईँ तलामा रहेको नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको थियो । 

उक्त आगो भक्तपुरको २ वटा, काठमाडौँको २ वटा र ललितपुरको एक गरी ५ दमकलको प्रयोग गरी  राति ११ः४७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।  एकिन क्षतिको विवरण आउन भने बाँकी नै रहेको बताइएको छ । 
 

शुक्रबार, १८ साउन २०८१, ०९ : ११

प्रतिक्रिया