विश्वविद्यालयमा नाङ्गो हस्तक्षेप

शुक्रबार, १८ साउन २०८१, १० : ०१

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा ठाडो हस्तक्षेप गर्ने संकेत देखाएका छन् । साउन १५ गते भएको मा त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) मा नीति तथा कार्यक्रम ल्याउन रोक लगाएर उनले यस्तो संकेत देखाएका हुन  प्रधानमन्त्रीको यस प्रकारको रवैयाको  संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । 

 यस सम्ब्न्धमा आज संयुक्त विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी),अनेरास्ववियु, अखिल (समाजवादी), नेपाल समाजवादी विद्यार्थी युनियन,समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले यसलाई विश्वविद्यालयमाथिको राजनीतिक हस्तक्षेप भन्दै आपत्ति प्रकट गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले नीति तथा कार्यक्रम रोक्दा प्रतिस्पर्धाबाट चुनिएको नेतृत्वले अघि बढाएका त्रिवि सुधारका कामहरूमा बाधा उत्पन्न हुने र विद्यार्थी आन्दोलनले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने विद्यार्थीहरुको चिन्ता छ । एमाले निकट कर्मचारी संगठनको योजनामा उपकुलपतिलाई अप्ठेरो पार्न यस्तो षड्यन्त्र गरिएको संयुक्त विद्यार्थी संगठनको आरोप छ । 

ुउपकुलपतिले सरकारलाई पेश गरेको सोचपत्र र कार्ययोजनासहितको नीति तथा कार्यक्रम प्रधानमन्त्री सम्वद्ध पार्टीका कर्मचारी संगठनको षड्यन्त्रमा बिना कारण अघि बढ्न नदिनुभित्र लुकेको कुत्सित मनसाय सहजै अनुमान गर्न सकिन्छु,विज्ञप्तिमा भनिएको छ । 

यसलाई अत्यन्त लज्जास्पद घटना भन्दै विद्यार्थी संगठनले भनेका छन्, ुत्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सभाबाट नीति तथा कार्यक्रम पारित हुनबाट रोकेर उपकुलपतिलगायतका पदाधिकारीलाई दबाबमा राख्न खोज्नु र त्रिवि पदाधिकारीलाई असहयोगको संकेत गर्नु वास्तवमा अत्यन्त लज्जास्पद घटना हो ।

bigyapti

 

शुक्रबार, १८ साउन २०८१, १० : ०१

प्रतिक्रिया