विदेश भ्रमणमा थाइल्यान्ड जाँदै प्रधानमन्त्री

शुक्रबार, १८ साउन २०८१, १२ : ०३

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् ।

भदौ १९ र २० गते आयोजना हुने छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ तेस्रो साता थाइल्यान्ड जाने भएका हुन् । उनी पछिल्लो पटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ । सरकार प्रमुखको रूपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् ।

त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकले कृषि, सांस्कृतिक सहकार्य, वातावरण तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, गरिबी निवारण, आतङ्कवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार र श्रीलङ्का सदस्य राष्ट्र छन् ।

शुक्रबार, १८ साउन २०८१, १२ : ०३

प्रतिक्रिया