राष्ट्रिय परीक्षा बोर्डद्वारा १२२ जना विद्यार्थीको नतिजा रद्द

शुक्रबार, १८ साउन २०८१, १२ : २३

काठमाडौँ - परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । 

कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको हो । रद्द गरिएका विद्यार्थीहरूको नतिजा समेत नआउने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।

 

शुक्रबार, १८ साउन २०८१, १२ : २३

प्रतिक्रिया