मधेसका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए २२ बुँदे माग

मंगलबार, २२ साउन २०८१, १७ : १८

काठमाडौँ - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

मङ्गलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेसको विकासका लागि २२ बुँदे माग पेस गरेका छन् । मुख्यमन्त्री सिंहले मधेसको समग्र विकासका लागि सङ्घीय सरकारले दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको बताएका छन्। 

यस्तै जनकपुरधामस्थित बाह्रबिघा रङ्ग भूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेस प्रदेशका आठ वटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन्।

कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुई वटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गरेका छन्।

मंगलबार, २२ साउन २०८१, १७ : १८

प्रतिक्रिया