परराष्ट्रमन्त्री र जर्मन राजदूतबिच शिष्टाचार भेटवार्ता

मंगलबार, २२ साउन २०८१, १८ : ०३

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबिच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

मंगलबार, २२ साउन २०८१, १८ : ०३

प्रतिक्रिया