काठमाडौं –राजधानी प्रवेश गर्ने मुख्य सडक मुग्लिन–मलेखु सडक पहिरो खसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले बताएका छन्।
उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७ ३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
‘
उनले पहिरोले दुईतर्फी नै सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु रोकिएका डीएसपी रिजालले बताए।
प्रतिक्रिया