गृहमन्त्री लेखक र जर्मनीका राजदूत प्रिन्जबीच भेटवार्ता

बुधबार, २३ साउन २०८१, १२ : २१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा बुधबार बिहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवर्ता गरेका हुन्।

भेटवार्तामा उनीहरूबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो। गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरे।

बुधबार, २३ साउन २०८१, १२ : २१

प्रतिक्रिया