हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलमा

बुधबार, २३ साउन २०८१, १५ : १६

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन् । पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 

एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जनाएको छ ।  चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
 

बुधबार, २३ साउन २०८१, १५ : १६

प्रतिक्रिया