नेपाली आकाशमा हालसम्म ४० वटा हेलिकप्टर दुर्घटना,

कति जनाले गुमाए ज्यान

बुधबार, २३ साउन २०८१, १५ : ३३

काठमाडौँ- काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ ।

चालकसहित ५ जना सवार हेलिकप्टरमा थप एक जनाको अवस्था भने यो समाचार तयार गर्दासम्म अज्ञात छ । घटनालगत्तै सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका छन् । 

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । 

यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लेटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।  पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । 

यस्तो छ हेलिकप्टर दुर्घटना र मानवीय क्षतिको विवरण: 

13

बुधबार, २३ साउन २०८१, १५ : ३३

प्रतिक्रिया