कोकिनसहित विदेशी नागरिक पक्राउ

विहीबार, २४ साउन २०८१, १२ : २७

काठमाडौँ - ६ किलो लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्। 

लागु औषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यराति १ बजे लाटभियन नागरिकलाई पक्राउ गरेको हो। फ्रान्सबाट आएका ती नागरिक कतारबाट कतार एयरलाइन्समा काठमाडौं अवतरण गरेका थिए । स्रोतका अनुसार उनले साना खेलौना 'टेडी बियरु भित्र ६ किलो २४ ग्राम कोकिन ल्याएका हुन्।

उनले उक्त कोकिन कहाँ लग्न लागेका थिए भन्ने खुलिसकेको छैन। उनीमाथि शंका लागेपछि प्रहरीले जाँच गर्दा कोकिन फेला पारेको स्रोतले बताएको छ ।उक्त कोकिन अवैध बजारमा झन्डै २१ करोड हुनआउने प्रहरीले जनाएको छ।यसबारे ब्युरोले बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ।

विहीबार, २४ साउन २०८१, १२ : २७

प्रतिक्रिया