नेपाल बैंक र प्रहरी प्रधान कार्यालयबीच सम्झौता

विहीबार, २४ साउन २०८१, १३ : ३८

काठमाडौँ - नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबीच सम्झौता भएको छ । प्रहरी प्रधान कार्यालयमा उक्त सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक श्री रेवती ढकालले हस्ताक्षर गरेका छन् । 

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैकिंङ सुविधा पाउन सक्नेछन् ।   

 

विहीबार, २४ साउन २०८१, १३ : ३८

प्रतिक्रिया