बलात्कार आरोपमा एक जना पक्राउ

विहीबार, २४ साउन २०८१, १३ : ४९

काठमाडौँ - पाल्पामा ६६ वर्षीया वृद्धामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका- १ बस्ने ४७ वर्षीय धनबहादुर कामी पक्राउ परेका हुन् ।

 

उनलाई जब्गादी चौकी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बुधवार साँझ पक्राउ गरेको हो । उनीविरूद्ध मङ्गलवार ती वृद्धालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। 

 

विहीबार, २४ साउन २०८१, १३ : ४९

प्रतिक्रिया