प्रदेश सांसद भण्डारी सहितका ११ जना धरौटीमा रिहा

सोमबार, २८ साउन २०८१, ११ : ०७

काठमाडौँ- प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहितका ११ जना धरौटीमा छुटेका छन् । शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए । सांसद राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए

सोमबार, २८ साउन २०८१, ११ : ०७

प्रतिक्रिया