युवाहरू निराश हुनुपर्ने अवस्था छैन : मन्त्री खड्गी

सोमबार, २८ साउन २०८१, १२ : ०९

काठमाडौँ - बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी छन् । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल ९आयोन०ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकीहुन् । उनले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताईन्।

विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ छ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन, हामीले आफ्नो अवस्था अनुसार आफूलाई ढाल्नुपर्छ, सामुदायिक विद्यालयका शिक्षाको स्तर गुणस्तरीय बनाउन हामी लागेका छौँ, अवस्था सुदृढ हुन्छ। तसर्थ नेपालका काम गर्नका लागि अवसर छ, युवाहरू निराश हुनुपर्ने अवस्था छैन। उनले भनीन् ।

उनले बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिएको, धेरै कार्यविधि बनाएको छ भन्दै यसलाई उपयोग गर्न आग्रह गरीन् , बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै १३ वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता जनाईन् ।

सोमबार, २८ साउन २०८१, १२ : ०९

प्रतिक्रिया