काठमाडौँ - शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन फाराम खुलाएको छ ।
आगामी भदौ २३ गतेसम्म १ हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी आयोगले फाराम खुलाएको हो । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।
आयोगका अनुसार आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं तोकिएका कागजातहरू पेस गरेपछि परिवर्तन नगर्न आयोगको सुझाव छ ।
प्रतिक्रिया