काठमाडाैं- देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घर–घरमा भित्राइदै छ । आज भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ । यस दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वेदिक उपचारमा समेत गरिन्छ । विषेश गरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ । कुशको प्रयोग धार्मिक तथा पितृकार्य गर्दा कुशको औठी, ब्राम्हण, मोटक, पवित्र, कुशको टुक्रा आदिको रूपमा प्रयोग गर्ने चलन छ ।
बुबाको मुख हेर्ने दिन
आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो । हामीले हिजोलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यसै तथ्यको परिप्रेक्षमा मात एवं पित दिवसलाई लिन सकिने जोशी बताउनुहुन्छ । यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।
बुवा नहुनेले के गर्ने
पितालाई सम्मान दिने दिन हो । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन पिता दिवस मनाइन्छ । यस दिन बुवाको मुख हेर्ने, अर्थात बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म -कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा र्पुयाउँदछन र यजमानहरूले पनि सिधा(दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन ।
प्रतिक्रिया