समृद्धि फाइनान्सको शेयर विक्री खुला

मंगलबार, १८ भदौ २०८१, ०८ : ४२

काठमाडौं । समृद्धि फाइनान्सले १५ सय कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ ।

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ निर्धारण गरिएको यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले प्रतिकित्ता १०० रुपियाँभन्दा बढी कतिमा किन्न खोजेको हो त्यो खुलाई निवेदन दिनुपर्नेछ । 

३५ दिनभित्र पनि उक्त संस्थापक शेयर कसैले नकिनेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ । 
 

मंगलबार, १८ भदौ २०८१, ०८ : ४२

प्रतिक्रिया