पश्चिम बंगालमा ममता बनर्जीको पार्टीको यस्तो छ अवस्था, भाजपाले देखायो नयाँ संकेत

४ बर्ष अगाडि

नयाँदिल्ली –  पश्चिम बंगालमा लोकसभा चुनावको मत परिणाम शुरु भएसँगै ममता बनर्जीको पार्टी टीएमसी र भाजपाको कडा टक्कर भइरहेको छ ।

पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले अग्रता दिलाउने चर्चा भएतापनि भाजपालाई पनि त्यहा सफलता मिलिरहेको छ । जसमा भाजपा १६ सिटमा अगाडी देखिएको छ भने ममता बनर्जीको पार्टी २३ सिटमा अगाडी देखिएको छ । त्यसैगरी कांग्रेस भने ३ सिटमा अगाडी देखिएको छ । 

भाजपाको सफलता किन भन्न सकिन्छ भने २०१४ को चुनावमा पश्चिम बंगालमा २ सिट जितेको थियो तर अहिले पश्चिम बंगालमा भइरहेको मतगणना अनुसार भाजपाले यसपटक ठुलै सफलता हासिल गर्ने देखिएको छ । 

अहिले सम्म भारतमा भएको लोकसभा चुनावमा भाजपा ३२५ सिट अगाडी छ भने कांग्रेस १०४ र निर्गुट ११३ मा अगाडी देखिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया