काठमाडाैं- सन्तानेश्वर उक्लनु भन्दा पहिला तल नरैनापुर गाउँपालिकाकाे रामजानकी मन्दिरमा रहँदै आएका वावाजीकाे खेलमा निकै चासाे छ, विशेषगरी दिमागी खेलमा उनकाे अभिरुची छ । व्यायाम सबैले गर्नुपर्छ भन्ने वावाजीकाे मान्यता छ । 'वृद्धाहरुले शारिरीक व्यायम गर्न नसक्ने भएपनि मानसिक व्यायाम गर्न छुटाउनु हुँदैन ।', वावाजीले भने । समय व्यतित नै गर्नु पर्याे भनेपनि बाघचाल, बुद्धिचाल, चेस लगायतका दिमाग लगाउने खेल खेल्न मन पराउँछन् वावाजी ।
रामजानकी मन्दिरमा रहँदा उनलाई खेलाडी पाउन खासै समस्या थिएन, गाउँबाट खेल्न जानेका एक/दुई जना मन्दिरमा वावाजीसँग भइनैरहेका हुन्थे । यहाँ (दिव्यदर्शी आश्रममा) त्यस्ताे छैन । वावाजीसँग सधैंजसाे चेस खेल्ने दीपक मात्र छ । कहिलेकाँही चेस खेल्न जानेका श्रद्धालुहरु आश्रममा पुगे भने औधि खुसी हुने वावाजी आउनेहरुसँग १/२ फ्रेम चेस भिंडी पनि हाल्छन् ।
वावाजी धेरै सरल र सहज छन् । ९० वर्षका भएपनि उनि आफ्ना दुखेसाे कसैलाई पाेख्दैनन् । पानी अनाज अरुकै भरमा खानुपर्छ तर उनि भगवान प्रति विश्वस्त छन् । कसैलाई कर्मकाे श्रेय पनि दिंदैनन् र कसैसँग विश्वस्त पनि छैनन् । यानिकी सुख र दु:खमा समान छन्- उनि । बाँसुरी साथमा किहल्यै नछुटाउने वावाजीलाई नरैनापुरका बच्चाहरुले बाँसुरीवाले वावाजी पनि भन्छन् । मन देखि हाँस्दा पृथक हसाइ भएकाले हाेला कहीँ उनलाई हँसीवाले वावाजी पनि भन्छन् । उनकाे नाम धेरै छन्, शरिर एउटा छ ।
नामकाे कुरा आउँदा वावाजी ले आफ्नाे नाम जम्मा ६ वटा भएकाे बताए । जसमा दुईवटा आफै राखेकाे, एउटा गुरुले दिएकाे अनि बाँकी सबै समाजद्वारा अनुमाेदित चर्चित नामहरु मात्रै हाे, उनकाे स्विकाराेक्ति छ । हजुरकाे नाम कुन कुन हाे महाराज ? भनेर प्रश्न गर्दा वावाजीले भने- 'याेगानन्द गिरी, दिव्यदर्शी, चेलामहाराज, वृद्धवालक, पहाडी वावा र विकल्पेश्वर' मेरा नाम हुन् ।
याेगानन्द गिरी गुरु जीले दिएकाे नाम बताउँदै वावाजीले भने, 'मेराे गुरु श्री श्री १००८ श्री दयाल गिरी जी महाराज २०८ वर्ष बाँचिबक्स्याे । उहाँले नै मलाई याे नाम राख्दिबक्सेकाे हाे । साधना गर्दै जाँदा मलाई परमपिता परमेश्वरकाे दिव्य प्रकाशसँग एकाकार हुनसक्ने सिद्धी प्रप्त भयाे, २४सै घण्टा म त्याे प्रकाशलाई देखिरहन्छु । त्यसपश्चात दिव्यदर्शी पनि मेराे नाम रहन गयाे ।'
चेलामहाराजकाे प्रसंगमा हाँस्दै वावाजीले भने, 'बाबु ! एकचाेटी म कुनै काम लिएर ब्रम्ह लाेककाे प्रशासनमा गएकाे थिएँ, केही समय मलाई कुर्नु पर्ने भयाे । त्यहाँ कुर्नकाे लागि अलग-अलग कक्ष बनाइएकाे रहेछ । साधुहरुकाे लागि पनि अलग कक्ष थियाे, त्यसमा पनि दुईवटा काेठा थिए । एउटामा गुरु महाराज लेखिएकाे थियाे अनि अर्काेमा चेला महाराज । पहिला म चेला महाराजवाला कक्षमा गएँ, काेठा खाली थियाे, काेही थिएन त्यहाँ । म झुक्किएँ, याे काेही नबस्ने काेठा हाे कि भनेर । त्यहाँबाट निस्किएर गुरु महाराज लेखिएकाे कक्षकाे ढाेका खाेल्दा देखें त्यहाँ खुट्टा राख्ने ठाउँ थिएन, उक्त कक्षमा ठेलम ठेल गर्दै पसिरहेका थिए गुरु महाराजहरु । मैले देखें सबै गुरु हुन चाहने रहेछन्, चेला हुन कसैलाई स्वीकार्य छैन । म फर्किएर चेला महाराजकाे कक्षमा गएँ र एक्लै बसें । तबदेखि मेराे अर्काे नाम चेलामहाराज रहन गयाे ।'
महाराज जी ९० वर्षका छन्, त्यहीपनि बच्चा जस्ताे हँसिलाे र फुर्तिलाे । वावाजी भन्छन्, '८४ वर्ष पार गरेपछि १०० वर्ष आयू रहेकाे मानव शरिर वृद्ध कहलिन्छ, शरिर जीर्ण भएर समाप्ती तिर उन्मूख हुन्छ । तर, तपस्याकाे कारणले हाेला मेराे शरिरमा नयाँ रगत जन्मिरहेकाे छ, मासु पनि उमेर अनुसार चाउरी नपरेर बच्चाकाे जस्ताे कमलाे हुँदै आइरहेकाे छ । मेराे अँझै लामाे समय बाँच्ने प्रबल इच्छा पनि छ ।' दृढ मुद्रामा हर्षित हुँदै वावाजीले भने, 'तपस्याले प्राप्त गरेकाे शरिर अब बच्चा जस्ताे भएर बाँच्न चाहान्छु बाबु, तसर्थ मैले आफैले आफैलाई वृद्धबालक घाेषणा गरेकाे हुँ ।'
वावाजी पहाडमा वस्ने भएकाे र गाउँ समाजले उनकाे गुरु दयाल गिरी महाराजलाई पनि पहाडी वावा भन्ने हुनाले श्री श्री १०८ श्री याेगानन्द गिरी महाराज दूर दूर सम्मकाे क्षेत्रमा पहाडी वावाकाे नामले चिनिन्छन् ।
क्रमश:
प्रतिक्रिया