ओली र प्रचण्डबीच 'वान टु वान' भेटवार्ता, के भयो छलफल ?

६ बर्ष अगाडि

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ । 

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए  । 

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन । त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया