काठमाडौं । नेकपा(एमाले)बाट निष्कासित भएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् । उनले उक्त पत्रकार सम्मेलनमार्फत आगामी राजनीतिक यात्राबारे जानकारी दिने बताएका छन् ।
रावलले एमालेबाट निष्कासित भएपछि राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । रावलले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यका बारेमा जानकारी दिन बुधबार बबरमहलको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको बताएका छन् ।
रावल निकट स्रोतका अनुसार बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टी घोषणा गर्नेगरी उनले गृहकार्य गरिरहेका छन् ।
यो पनि पढ्नुस्
देश दौडाहाको तयारीमा भीम रावल, नयाँ पार्टी गठनबारे परामर्श गर्दै
प्रतिक्रिया