योग किन शारीरिक अभ्यास मात्र होइन, यसले कसरी तपाईँको मानसिक स्वास्थ्य सुधार्न सक्छ

बुधबार, १६ माघ २०८१, १४ : ३५

योगले मस्तिष्कमा ‘ग्रे म्याटर’ भनिने विशेष प्रकारका तन्तुहरू बढाउने र महत्त्वपूर्ण सञ्जालहरू परिवर्तन गरिदिने पत्ता लागेको छ।

त्यससँगै अब योगले मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्न सक्छ भन्ने आशाहरू बढेका छन्।

मेरो दाहिने हात हल्लिरहेको छ। मेरो शरीरलाई छेउपट्टिबाट चमत्करासन भनेर चिनिने योग मुद्रामा घुमाउँदा निधारबाट पसिना तप्प चुहिन्छ। म ढाडलाई पछाडि आधा गोलाकार आकारको बनाउँछु र देब्रे हातलाई टाउकोमाथि सीधा पारेर मास्तिर फर्काउँछु। मेरो देब्रे खुट्टा जमिनमै हुन्छ र म टाउको घुमाएर आकाशतर्फ हेर्छु।

किन हामीले योग गर्नुपर्छ ?

bbc1

संस्कृत शब्द ‘चमत्कारासन’ को एउटा अनुवाद ‘आनन्दित हृदयको उत्साहजनक खुलासा’ हो र यसले आत्मविश्वासलाई उजागर गर्ने बताइन्छ। र  ज्यादा परिश्रमका बावजुद  म आफूलाई कसैले जित्न नसक्ने महसुस गर्छु।

जब मैले योग अभ्यास गर्न थालेँ, म पसिना आओस् र शक्ति बढोस् भन्ने चाहन्थेँ। मैले त्यति बेला योगलाई विशुद्ध रूपमा अभ्यासकै रूपमा हेर्थेँ  तर यो त त्योभन्दा धेरै भएको मैले पाएँ।

योग र यसका फाइदा

bbc2
योगाभ्यास प्राचीन भारतमा २,००० वर्षभन्दा बढी अगाडिबाट थालिएको हो। योगका धेरै किसिम भए पनि सबै खाले योग शरीर(मस्तिष्कको सम्बन्धमा केन्द्रित छन्, चाहे त्यो विन्यास होस् वा यिन योग वा ध्यान वा सासको अभ्यास नै किन नहोस्।

योगले शारीरिक फाइदा मात्र नभई त्यसले तपाईँको दिमागको लागि पनि राम्रो हुन सक्छ भन्ने प्रमाणहरू बढ्दा छन्। केही अनुसन्धानकर्ताहरूले यसले ‘पोस्टट्रमाटिक स्ट्रेस डिस्अर्डर’ (पीटीएसडी) भएका मानिसहरूलाई तिनीहरूका लक्षणहरूको सामना गर्न मद्दत गर्न सक्ने आशा पनि गरेका छन्।

योगले शरीरलाई पुग्ने फाइदाहरूबारे पक्कै पनि व्यापक अनुसन्धानहरू भएका छन्।

योग गर्ने प्रयास नगरेको मानिसले सबैभन्दा पहिला यो आश्चर्यजनक रूपमा कडा हुन्छ भन्ने थाहा पाउनुपर्छ।

यसले बल, लचिलोपन र मुटु– श्वासप्रश्वासको तन्दुरुस्तीमा सुधार गर्दछ। अध्ययनहरूले योगले मानिसको स्फूर्तिमा सुधार गर्न सक्ने देखाएको छ। यसले चोटहरू रोक्न सक्छ (यद्यपि यो सही तरिकाले नगरेमा चोटपटक पनि लाग्न सक्छ) र अन्य खेलहरूमा राम्रो प्रदर्शन गर्न मद्दत गर्छ। विश्वस्तरीय फुटबल खेलाडीहरू, अमेरिकी फुटबल खेलाडीहरू र बास्केटबल खेलाडीहरूले पनि यसबारे बोलेका छन्।

योग थुप्रै स्वास्थ्य समस्याहरूका लागि फाइदाजनक हुने भन्ने अनुसन्धानहरू धेरै भएका छन्।

उदाहरणका लागि, ‘सीजर’ हुनेहरूले योगाभ्यास गर्दा त्यसले उनीहरू बेहोस हुने सङ्ख्या उल्लेख्य मात्रामा घटेको वा पूर्ण रूपमा बन्द भएको देखिएको छ। योग ‘टाइप टू डाइबिटिज’ लाई व्यवस्थापन गर्न, चरम पीडा कम गर्न र मस्तिष्काघातपछिको अवस्थाका लागि पनि उपयोगी हुने देखिएको छ।

यो ‘मल्टिपल स्क्लरोसिस’ भएका व्यक्तिहरूको जीवनको गुणस्तर सुधार्नमा फिजिओथेरपीभन्दा बढी प्रभावकारी भएको देखिएको छ र एउटा परीक्षणमा त यो क्यान्सरबाट बचेकाहरूका लागि पनि फाइदाजनक हुन सक्छ भनेर सुझाइएको छ।

योग खास गरी वृद्ध मानिसहरूका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ । 
यूकेको कार्डिफ यूनिभर्सिटीस्थित ब्रेन रिसर्च इमेजिङ सेन्टर (क्युब्रिक)की स्नायुवैज्ञानिक क्लाउडिआ मेट्स्लर ब्याड्लीले योगले लामो समयसम्म स्वस्थ जीवन जिउन पनि मद्दत गर्ने बताएकी छन्।

bbc3

तर योगले तपाईको मस्तिष्कमा पनि सकारात्मक परिवर्तन गर्ने गरेको पाइएको छ। अध्ययनहरूले आत्मनिरीक्षण र आत्मनिर्देशित विचारमा संलग्न मस्तिष्कका भागको संरचना र कार्य दुवैलाई सकारात्मक प्रभाव पार्ने देखाएको छ। केही अनुसन्धानकर्ताहरूले यसको अर्थ यसले उमेरसँगै हुने र योग किन शारीरिक अभ्यास मात्र होइन, यसले कसरी तपाईको मानसिक स्वास्थ्य सुधार्न सक्छ ।

योगले मस्तिष्कमा ‘ग्रे म्याटर’ भनिने विशेष प्रकारका तन्तुहरू बढाउने र महत्त्वपूर्ण सञ्जालहरू परिवर्तन गरिदिने पत्ता लागेको छ।

त्यससँगै अब योगले मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्न सक्छ भन्ने आशाहरू बढेका छन्।

मेरो दाहिने हात हल्लिरहेको छ। मेरो शरीरलाई छेउपट्टिबाट चमत्करासन भनेर चिनिने योग मुद्रामा घुमाउँदा निधारबाट पसिना तप्प चुहिन्छ। म ढाडलाई पछाडि आधा गोलाकार आकारको बनाउँछु र देब्रे हातलाई टाउकोमाथि सीधा पारेर मास्तिर फर्काउँछु। मेरो देब्रे खुट्टा जमिनमै हुन्छ र म टाउको घुमाएर आकाशतर्फ हेर्छु।

बीबीसी 

बुधबार, १६ माघ २०८१, १४ : ३५

प्रतिक्रिया