काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता सुदन किराँतीले अखिल(क्रान्तिकारी)को निर्वाचनमा पार्टी अध्यक्षको नाम दुरुपयोग गरिएको टिप्पणी गरेका छन् । उनले अमुक उम्मेदवार जिताउन केहीले प्रचण्डको नाम दुरुपयोग गरेर धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दै व्यक्ति व्यक्तिसम्म फोन गरेको खुलासा गरे।
‘लोकतान्त्रिक प्रतिस्पर्धामा योग्य उम्मेदवार मैदानमा उत्रिएका बेला । हेडक्वाटर(प्रचण्ड) को नाम दिएर धमिलो पानीमा माछा मारी खाने प्रवृत्तिले अध्यक्ष प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरियो । व्यक्ति व्यक्तिसम्म फोन गयो । त्यो सर्वाधिक दुरुपयोग भयो । यसले माओवादी आन्दोलनको राजनीतिक नर्सरीमा प्वाइजन हाल्ने काम गर्यो । यो राम्रो कुरा भएन । यसको भण्डाफोर गर्नैपर्छ।’,उनले भने ।
उनले यो निर्वाचन अनेकौं प्रतिकूलताका बाबजुद इतिहासमै सौहार्दपूर्वक रुपमा सम्पन्न गरिएको बताए । ३२ वर्षे उमेर हद नेतृत्व विकास र पुस्तान्तरणका लागि कोशेढुंगा भएको उनको भनाइ छ ।
‘अध्यक्ष प्रचण्डलाई हामीले अन्याय गर्यौँ । इतिहासमै विद्यार्थीको निर्वाचनलाई सौहार्दपूर्वक सम्पन्न गर्न सफल भयौँ । ३२ वर्ष उमेर हद आफैँमा कोशेढुंगा थियो नै’, उनले भने ।
यो पनि पढ्नुस्
अखिल(क्रान्तिकारी)को निर्वाचन : मतदातालाई प्रभावित पार्न पार्टी हेडक्वाटरको फोन आतंक
प्रतिक्रिया