काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उसै पनि चर्चामा थिए । पहिलो कार्यकालमा पनि उनी विभिन्न कारणले चर्चामा नै रहेका थिए । उनका चुनावी ऐजेण्डाले नै उनलाई चर्चाको शिखरमा पुर्याएका थिए । उनले पपहिलो कार्यकालमा नै दक्षिणी छिमेकी मेक्सिको सीमानामा पर्खाल लगाउने घोषणा गरेका थिए । यसको उद्देश्य गैर कानुनी ढंगबाट अमेरिका छिर्ने आप्रवासीहरुलाई रोक्नु थियो । यसपटकको निर्वाचनमा पनि उनले आफ्नो पूर्व प्रतिवद्धतालाई दोहोर्याएका छन् । उनले निर्वाचनकै दौरानमा भनेका थिए, सपथ लिएको भोलिपल्ट नै रुस–युक्रेन युद्ध रोकिनेछ र म एक दिनको लागि तानाशाह बन्नेछु । ’ नभन्दै उनले सपथ लिएकै दिनमा थुप्रे कार्यकारी आदेशहरुमा हस्ताक्षर गरे । त्यसको असर अहिले देखा परिरहेको छ ।
आप्रवासी फर्काउने उनको तरिकाले उनीमाथि विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका छन् । स्वदेशमा त उनको अभियानको खासै बिरोध भएको छैन । अमेरिकी राष्ट्रवादको लहर सिर्जना गर्न उनले खोजेको देखिन्छ । अमेरिकी नागरिकहरु आप्रवासी फर्काउने योजनाले खुशी नै छन् ।
राष्ट्रपति ट्रम्पको यो अभियान चलिरहँदा विश्व समुदायले भने उनीमाथि आलोचनाको तीर सोझ्याइरहेको छ । देशभित्रै पनि विपक्षी पार्टीले छिमेकीहरुमाथि कर लगाउने घोषणालाई बिरोध गरेका छन् । यसले अमेरिकी अर्थव्यव्स्थामाथि नकारात्मक प्रभाव पर्ने बताइरहेका छन् । यति मात्र होइन । मानवअधिकारको सबैभन्दा ठूलो ठेकेदार बताउने अमेरिकाले आप्रवासीहरुमाथि गरेको अत्याचारको जति आलोचना गरे पनि कमै हुन्छ । त्यसको एउटा उदाहरण १०४ जना भारतीय नागरिकहरुलाई फिर्ता गरेको घटना हेरौ. । उनीहरुलाई सैनिक विमानमा भारत ल्याइयो । करिब ४० घण्टाको उडानमा उनीहरुलाई दिशा पिसाब पनि गर्न नदिएको घटना ज्यादै कारुणिक छ । उनीहरुलाई जघण्य अपराधका दोषी जस्तै हात खुट्रटा र कम्मरमा फलामे जन्जीरले बाँधेको दृष्य झनै ह्दयविदारक थियो । यति हँदा पनि लोकतन्त्रका अर्का भाषणबाज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै असहमति जनाएनन् । आफ्ना नागरिकहरुप्रति अमेरिकाले गरेको व्यवहारमा उनी चुँ सम्म बोल्न सकेनन् । यसबाट उनको लोकतन्त्रको मुकुण्डो पनि उघ्रिएको छ ।
ट्रम्पले आफ्नो देशको लागि देशभक्तिपूर्ण कार्य गरे पनि अमेरिकाले आफै प्रतिपादन गरेका मानवअधिकार र स्वतन्त्रताको भने खिल्ली उडेको छ । यसबाट अर्को एउटा सन्देश पनि गएको छ । जसरी पनि अमेरिका जाने प्रवृत्तीमा कमी आउनेछ । ट्रम्पले जस्तै सबैले आफ्नो देशलाई माया गर्ने प्रतिवद्धता गर्न जरुरी छ ।
उनी आफ्नो अडानमा निकै दृढ छन् । निडर पनि छन् । किनी उनी महाशक्तिका राष्ट्राध्यक्ष हुन र उनी चढ्ने कार हाइटे कारको नाम ‘क्याडलिक बिस्ट’ हो। ट्रम्प ७० वर्ष पुगिसकेकाले उनको लागि चढ्ने कार निक्कै लक्ज़री र हाइटेक प्रकारको रहेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका अनुसार यस्तो प्रकारको कार राष्ट्रपति भवनमा केबल १२ वटा मात्रै रहेको छ। प्रत्येक कार बनाउन करिब मिलियन डलर लाग्ने गर्छ।
यो कारमा बम वा गोलीले कुनै पनि क्षति पुर्याउँदैन। ट्रम्पको सुरक्षाको हिबासले निक्कै भरपर्दो मानिएको छ। यो कारको सीसा यति बलियो छ की बम वा गोलीले समेत फुटाउन सक्दैन। कारको टायरमा सिन्थेटिक फाइबर प्रयोग गरिएको छ जुन बीच बाटोमै पड्किने वा फाट्ने कुनै डर हुँदैन। यदि फाटेमा कार रिङ मात्रे पनि सजिलै गुड्न सक्ने गरी बनाइएको छ। यसका साथै कारभित्रै अक्सिजन दिन मिल्ने व्यवस्था गरिएको छ। ुक्याडलिक बिस्टुको तौल करिब ८ टन रहेको छ भने यसको ढोकालाई पनि मजबुत तरिकाले बनाइएको छ जसलाई कुनै प्रकारको केमिकल वा बायोलोजिकल रियाक्सनले असर गर्न सक्दैन। ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने यो कारमा नाइट भिजन क्यामरा, साउण्ड प्रुफ, जीपीएस ट्याकिङ, गन, टीयर ग्यास सेल्स र स्याटालाइट कम्युनिकेशन सिस्टम समेत जडान गरिएको छ। यति मात्रै नभएर यसमा आकस्मिक सेवाका लागि भनेर ट्रम्पको ब्लड ग्रूपको दुई वटा युनिट समेत राखिएको छ। जसले ट्रम्पलाई सडकमै पनि रगत दिन सकिन्छ। यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यही कारको प्रयोग गर्दथे ।
प्रतिक्रिया