प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह– ‘मलाई हराउन देशलाई नडुबाउनुहोला’

शुक्रबार, १६ फागुन २०८१, २१ : २६

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले झटारो हानेका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफूलाई हराउन खोजेको भन्दै देशलाई नडुबाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्,‘ प्रधानमन्त्रीज्यु,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको  छ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे १ मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला ’

पछिल्लो समय काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिृकतविहीन भएको छ । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयर शाह रुष्ट भएको बताइन्छ ।

यो पनि पढ्नुस्

कार्यकारी अधिकृत नपठाएको आरोप लगाएर बालेनले आक्रोश र असन्तुष्टि पोखे : शंकर पोखरेल

शुक्रबार, १६ फागुन २०८१, २१ : २६

प्रतिक्रिया