कार्यकारी अधिकृत नपठाएको आरोप लगाएर बालेनले आक्रोश र असन्तुष्टि पोखे : शंकर पोखरेल

शुक्रबार, १६ फागुन २०८१, २२ : ०५

काठमाडौं- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाहले कार्यकारी अधिकृत नपठाएको आरोप लगाएर सरकार प्रति आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । शुक्रबार साँझ मेयर बालेनले आफूलाई हराउन देश नडुबाउनु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमार्फत कटाक्षपूर्ण आग्रह गरेपछि पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘काठमाण्डौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन ।’

‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’

यो पनि पढ्नुस् 

प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह– ‘मलाई हराउन देशलाई नडुबाउनुहोला’

शुक्रबार, १६ फागुन २०८१, २२ : ०५

प्रतिक्रिया