काठमाडौं - अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–३, देउला टोलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले २ अर्ब रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टाबाजी सञ्चालन गरिरहेका थिए भने करिब ९६ लाख रुपैयाँ बराबरको क्रिप्टो मुद्रा कारोबार गरेको प्रमाण फेला परेको छ।
उनीहरूको साथबाट प्रहरीले ३४ वटा मोबाइल, ५ वटा ल्यापटप, ४ वटा हिसाबकिताब राखिएको नोटबुक, १४ वटा भारतीय बैंक चेकबुक, २७ वटा भारतीय एटीएम कार्ड र ४० वटा भारतीय सिमकार्ड बरामद गरिएको छ।
प्रतिक्रिया