पूर्वराजाले बढाए थप सक्रियता, निर्मल निवासमै राजावादीसँग भेटघाटमा व्यस्त

विहीबार, १४ चैत्र २०८१, १५ : ३३

काठमाडौं- राजावादीले भोलि (चैत १५ गते) घोषणा गरेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा चहलपहल बढेको छ ।

निर्मल निवासमा राजावादीहरु र पूर्वपञ्चहरुको सक्रियता बढेसँगै पूर्वराजा शाहले विभिन्न व्यक्तिहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा काठमाडौंमा भोलि हुने प्रदर्शनको सन्दर्भलाई लिएर पूर्वपञ्च एवं राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा शाहलाई भेटेका छन् ।

उनले हिजो (बुधबार) निर्मल निवास पुगेर पूर्वराजा शाहसँग भेट गरेको बताइएको छ। अर्का राजावादी अभियान्ता दुर्गा प्रसाईँले पनि आज निर्मल निवास पुगेर पूर्वराजा भेटेका छन् ।

गत फागुुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु उत्साहित भएका थिए ।  गत फागुन २५ मा पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न पुगका जनताको उल्लासमय उपस्थिति पछि राजावादीहरुले आन्दोलनलाई निरन्तरता दिने बताइरहेका छन् । 
 

विहीबार, १४ चैत्र २०८१, १५ : ३३

प्रतिक्रिया