काठमाडौं - आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूको शक्ति प्रदर्शनका कारण एसईई परीक्षा दिने विद्यार्थीहरू अलपत्र परेमा काठमाडौं माहानगरले उद्धार गर्ने भएको छ ।
गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा विशाल जनप्रदर्शन गर्ने तयारी गरेका छन्। यसका कारण काठमाडौंको ट्राफिक व्यवस्थामा अवरोध आउन र सवारी साधनमा जाम लाग्ने उच्च सम्भावना रहेको छ।
यसैको मध्यनजर गर्दै, काठमाडौं महानगरपालिकाले एसईई परीक्षाफल गरेका विद्यार्थीहरूको सहज गन्तव्यसम्म पुग्नका लागि उद्धार गर्ने निर्णय गरेको छ। महानगरपालिकाले जानकारी दिएको छ कि, यदि परीक्षार्थीहरूलाई सवारी साधन उपलब्ध नभएमा वा अन्य कुनै समस्या आइपरेमा उनीहरूको उद्धार गर्न महानगर प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया