काठमाडौं - कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय हुन सकेन।
शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा दुवै मुद्दाको सुनुवाइ गरिएको थियो, तर निर्णय आइतबारलाई सारिएको छ।
शुक्रवारको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको विचार पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई एकसाथ राखेर आइतबार सुनुवाइ गर्नुपर्ने निर्देश जारी गरे। आज कुलमान घिसिङको पेशी दोस्रो नम्बरमा र हितेन्द्र शाक्यको पेशी पाँचौं नम्बरमा तय गरिएको थियो।
दुवै मुद्दाको विषय समान रहेको कारण इजलासले तिनीहरूलाई एकै समयमा राखेर सुनुवाइ गर्ने आदेश दिएको हो।
प्रतिक्रिया