काठमाडौं - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिटहरुको सुनुवाइ आज स्थगित भएको छ।
आज दुवै रिट प्रमुख न्यायाधीश प्रकाशमान सिंह र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पसुनुवाइमा परेको थियो । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै रिटलाई एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।
पूर्व कार्यकारी निर्देशक घिसिङले आफूलाई पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन् भने, नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै रिट दायर गरे
प्रतिक्रिया