भाटभटेनी तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

सोमबार, १८ चैत्र २०८१, १० : १९

काठमाडौं - राजावादी समूहले गरेको आन्दोलनमा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढी रकमको क्षति भएको छ ।  

भाटभटेनीका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ताले भाटभटेनी तोडफोड गर्नुका साथै  बाहिरी भागमा रहेका सिसा फुटेका छन् । 

त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ। त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । 

काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् । 

सोमबार, १८ चैत्र २०८१, १० : १९

प्रतिक्रिया