ललितपुरमा एम्बुलेन्सबाट लागुऔषध बरामद

शनिबार, २३ चैत्र २०८१, १३ : २४

काठमाडौं- ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

मकवानपुरबाट आउँदै गरेको एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।

प्रहरीले एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । सो लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

त्यसबारे जानकारी गराउन ललितपुर प्रहरीले शनिवार मध्यान्ह पत्रकार सम्मेलन आयोजना गरेको छ । 
 

शनिबार, २३ चैत्र २०८१, १३ : २४

प्रतिक्रिया