एकीकृत समाजवादीले तीनकुने घटनाको विरोधमा चैत २५ गते देशभर प्रदर्शन गर्ने

शनिबार, २३ चैत्र २०८१, १३ : ३५

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो । 

पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ । उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण संकलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन पनि पार्टीले गरेको छ।

मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचीत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ।
 

शनिबार, २३ चैत्र २०८१, १३ : ३५

प्रतिक्रिया