पोखरा-नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ पार्टीले देशव्यापी जागरणसभाको आयोजना गरेको बताएका छन् । नेकपा (एमाले) कास्कीद्वारा आज पोखराको चिप्लेढुङ्गामा आयोजित जागरणसभामा उहाँले नेपाली जनताको बलमा प्राप्त उपलब्धिलाई कसैले खोस्न नसक्ने स्पष्ट पारे ।
लोकतन्त्र, गणतन्त्र, संविधा, सङ्घीयता र धर्म निरपेक्षताको विरुद्धमा भइरहेका षडयन्त्रलाई परास्त पार्न गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा नेता पोखरेलले जोड दिए । यही चैतको १५ गते पूर्वराजाका समर्थकद्वारा भएको प्रदर्शनमा जनधनको क्षति भएको भन्दै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । जन्मका आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा स्वीकार्य नहुने बताए ।
समाजमा विभिन्न ढङ्गले भ्रम पैदा गर्ने काम भइरहेको बताउँदै नेता पोखरेलले सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा त्यस्ता गतिविधिबाट जनतामा पर्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता औँल्याए। मुलुकमा सङ्कट पर्दा र अधिकार प्राप्तिको आन्दोलनमा राजनीतिक पार्टीहरू एउटै मोर्चामा उभिने गरेको इतिहास रहेको स्मरण गर्दै उनले जनताका अधिकार र राजनैतिक स्थायित्व, विकास र सुशासनसहित समृद्धिका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सरकार बनेको बताए ।
प्रतिक्रिया