शिक्षकहरु नयाँ वर्ष पनि सडकमै मनाउँदै

सोमबार, ०१ बैशाख २०८२, १० : ३५

काठमाडौं- आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन्। 

नेपाल शिक्षक महासंघले यसपालिको नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताएको छ । नयाँ वर्षको आरम्भको दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्न लागेको महासंघले जनाएको छ । 

विगतमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारी सडक आन्दोलन गर्दै आएका छन्।

सोमबार, ०१ बैशाख २०८२, १० : ३५

प्रतिक्रिया