सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने

शुक्रबार, १९ बैशाख २०८२, १६ : ११

काठमाडौं- संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले बैंकहरूको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४।९ प्रतिशत पुगेको छ । त्यस्तै बैंकहरूले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैङ्कहरूले नै सकारेको सम्पत्ति बढेको छ ।

खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ । नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।

शुक्रबार, १९ बैशाख २०८२, १६ : ११

प्रतिक्रिया