काठमाडौं- आज विक्रम संवत २०८२ साल वैसाख २३ गते, मंगलबार । ईश्वी सन् २०२५ मे ६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख शुक्लपक्ष । तिथि–नवमी, दिउँसो १२ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र–मघा, बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–ध्रुव, रातको ३ बजेर ४२ मिनेट उप्रान्त व्याघात । करण–कौलव, दिउँसो १२ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ४२ मिनेट उप्रान्त गर । आनन्दादिमा–कालदण्ड योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४० मिनेट । दिनमान ३३ घडी ९ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । व्यापार शेयरबजार तथा उद्योगमा लगानी गरी आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । मौसमले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अली बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जानेछ भने उद्योग तथा शेयरबजारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुुसी रहनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । वनभोज तथा शुभ मांगलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रसस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम वस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईंको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वःस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अली बढी समय खर्चिने हो भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगीबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईंको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार, शेयरबजार तथा उद्योगमा लगानी गरि आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रसस्त सम्भावना छ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रसस्त सम्भावना छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलाशी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाइलो यात्रा तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउदै अघि बढ्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोवल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँदै लान सकिनेछ ।
प्रतिक्रिया