काठमाडौं- नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले भजनी नगरपालिकामा बीमा अन्तर्क्रिया सम्पन्न गरेको छ ।
प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंकका तथा वित्तीय संस्था, महिला, आर्थिक पत्रकार, विद्यार्थी, लगायत आम नागरिक एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि सुदूरपश्चिम प्रदेश कार्यालयले भजनी नगरपालिकामा बीमा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
नेपाल बीमा प्राधिकरणले विगतका वर्षहरु देखिनै प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधिहरू, विद्यार्थी लागायत अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्दै आईरहेको छ । यसै सन्दर्भमा प्राधिकरणको आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रममा पनि प्रदेश तथा स्थानीय सरकार, विद्यार्थी, जनप्रतिनिधि लगायतका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली जिल्लाको भजनी नगरपालिकामा नगरपालिकाका प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष एवं सदस्यहरु, पालिकाका कर्मचारीहरू, स्थानिय विद्यालयका शिक्षक, कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द्रका प्रतिनिधिहरू, पालिकाका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमकका शाखा प्रमुखहरु, स्थानीय व्यवसायी तथा किसानहरु, अभिकर्ताहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया