रिलायबल नेपाल लाइफ काठमाडौं रिजनद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

आइतबार, ०४ जेठ २०८२, १३ : १०

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौ रिजनद्वारा काठमाडौ भरीका सबै शाखाका २०० अभिकर्ताहरु माझ उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौ प्रदेश अन्तर्गतका आफ्ना एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिएको हो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपेस बाबु तिवारीको प्रमुख आतिथ्यतामा मोटिभेसनल प्रशिक्षण सम्पन्न भएको हो । 

नायब प्रमुख कार्याकारी अधिकृत दिपेस बाबु तिवारीले उत्प्रेरणा जीवन उपयोगि विषयवस्तुहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । त्यस्तै, काठमाडौ रिजनका रिजनल मेनेजर यम पोखरेलले कार्यक्रमले अभिकर्ताहरुलाइ व्यवसाय विस्तार गर्न धेरै सहयोग हुने अपेक्षा राख्दै सबै अभिकर्ताहरुले कम्पनीले दिएको लक्ष्य पुरा गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापान गरेका थिए ।

आइतबार, ०४ जेठ २०८२, १३ : १०

प्रतिक्रिया