काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ ।
कम्पनीले सूचना प्रकाशित गरी २०८१ माघ २४ गतेसम्म कायम रहने सेयरधनीले बोनस पाउनको लागि पहिला कर तिर्नुपर्ने बताएको हो ।
यसको लागि हिमालयन लाइफ इन्स्योरेन्सको नाममा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नम्बर ०८७००१००६१०९०९००००० मा कर वापतको रकम रकम जम्मा गर्नुपर्नेछ ।
कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सोही बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
प्रतिक्रिया