काठमाडौं- नेपाल बीमा प्राधिकरणले भोलि जेठ ५ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ ।
प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको जेठ ५ गते सोमबारबाट हुने अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले जेठ ५ गतेबाट जेठ ९ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको बताएको छ । तालिम जेठ ५ गते सोमबार विहान ११ बजेबाट १२ः३० बजेसम्म, जेठ ६ गते दिउँसो ३ बजेबाट ४ः३० बजेसम्म, जेठ ७ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म, जेठ ८ र ९ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।
प्रतिक्रिया