काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो १९ औं वार्षिक साधारणसभाका बोलाउने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८0/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। त्यस्तै, सञ्चालक समितिको बैठक भत्ता र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन पनि सभाले गर्नेछ।
साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने हुँदा जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया