सांसद सवार गाडीलाई डिएसपीको गाडीले ठक्कर दियो

सोमबार, ०५ जेठ २०८२, १५ : २९

काठमाडौं– कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ । 

पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आउँदै गरेको सांसदको गाडीलाई ठक्कर दिएको हो । उक्त गाडीमा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ । 

सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । 

दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन ।

सोमबार, ०५ जेठ २०८२, १५ : २९

प्रतिक्रिया