शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ

शनिबार, १० जेठ २०८२, ११ : ४६

काठमाडौं- शिखर इन्स्योरेन्स लिमिटेडले इक्रा नेपालबाट ‘डबल ए माइन्स’ को रेटिङ प्राप्त गरेको छ । 

नेपाल सरकारको लगानी तथा वैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये एए माइन्स रेटिङ वा सो भन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने एक्लो कम्पनी शिखर इन्स्योरेन्स कम्पनी बनेको छ । नेपालमा सरकारको स्वमित्व रहेको दुइ वटा निकाय र वैदेशिक लगानी रहेको तीन वटा बैंकहरुले मात्र एए माइन्स वा सो भन्दा उच्च स्तरको रेटिङ प्राप्त गरेको छ ।

रेटिङका क्रममा इक्रा नेपालले कम्पनीको सबल पक्षहरुको विश्लेषण गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार इन्स्योरेन्सको वित्तीय सबलता पुनःमूल्यांकनपछि इस्युअर रेटिङ ए प्लसबाट डब्बल ए माइनसमा स्तरोन्नति गरिएको हो । यस्तो रेटिङ प्राप्त गर्ने कम्पनीले पूर्वनिर्धारित समय सीमाभित्रै सम्पूर्ण वित्तीय दायित्व पूरा गर्न सक्ने उच्च सुनिश्चितता हुन्छ। कम्पनीले लिएको ऋण वा दायित्व चुक्ता नगर्ने सम्भावना न्यून हुन्छ।

इन्स्योरेन्सको बढ्दो व्यापारको आकार, दाबी अनुपातमा सुधार, जोखिमांकन बचत र समग्र नाफा दरमा सुधारले कम्पनीको रेटिङ सुधार भएको इक्रा नेपालले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

निर्जीवन बीमकबीच मर्जरका कारण बजार प्रतिस्पर्धामा दबाबका बाबजुद निरन्तर अग्रता र कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक ९१२ देखि १३ प्रतिशत० हिस्साले पनि कम्पनीलाई सहज अवस्थामा राखेको छ।

दुई दशकभन्दा लामो समयदेखि कम्पनीलाई निरन्तर नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र अनुभवले खारिएका सहयोगीहरु, फराकिलो शाखा सञ्जाल, बलियो जोखिम व्यवस्थापन नीति, बलियो पुनर्बीमा र महाविपत्ति व्यवस्थाले पनि कम्पनीलाई भावी प्रगति र सोल्भेन्सी अनुपात सुधार्न सघाउनेछ।

जोखिम पन्छाउनका लागि सीमित खुद धारण गर्ने नीति कारण यसले अन्य प्रतिस्पर्धीको तुलनामा अधिक नाफा कमाएको छ। यसको सबल पक्षका रुपमा इक्रा नेपालले दाबी फर्छ्यौटको अवधि बजार औसतभन्दा राम्रो रहेको उल्लेख गरेको छ।

उच्च क्षमतायुक्त क्रेडिट रेटिङ पाएसँगै अब नेपाल पुनर्बीमा कम्पनीलाई व्यवसाय विस्तारमा थप सहज भएको छ 

शनिबार, १० जेठ २०८२, ११ : ४६

प्रतिक्रिया