रिलायबल लाइफद्वारा घातक रोगबापतको २० लाख दाबी भुक्तानी

शनिबार, १० जेठ २०८२, १५ : ४३

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीले भरतपुर–३ का महेश बानीयाँलाई उक्त रकम हस्तान्तरण गरेको हो । 

महेशले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए। २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो।

कलेजो प्रत्यारोपण महँगो उपचार प्रक्रिया भएकाले करिब ४० लाखसम्म खर्च लाग्छ। बीमा कम्पनीलाई समयमै जानकारी दिएकाले आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले महेशलाई छोटो समयमै बीमा रकम उपलब्ध गराएको हो।

कम्पनीले हाकिमचोक शाखामै कार्यक्रमको आयोजना गरेर शाखा प्रमुख राजकुमार दाहालमार्फत् बानीयाँलाई चेक हस्तान्तरण गरेको हो ।
 

शनिबार, १० जेठ २०८२, १५ : ४३

प्रतिक्रिया